बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा « Khabarhub

बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

सभाको आजको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिएका छन् । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरे ।

बैठकमा सांसदहरू सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङ, डा सुनिलकुमार शर्मा, रामकुमार राई, हरि ढकाल, ऐनबहादुर शाही ठकुरी, सूर्यप्रसाद ढकाल, लीलादेवी बोखिम, प्रतिक्षा तिवारीलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिनिधिसभामा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ३६ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको