त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान « Khabarhub

त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् ।

श्रमदानमार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, पर्खाल लगाउने काम गरिएको छ । वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा अन्य विभिन्न संरचनाको मर्मत तथा निर्माण गरिएको वडाध्यक्ष सुन्दर ओलीले जानकारी दिए । उनका अनुसार श्रमदानबाट वडामा हुने विकास निर्माणको कामलाई पनि सहयोग पुगेको छ । श्रमदानमार्फत सडक, गारेटाबाटा मर्मत हुने भएपछि त्यहाँ खर्च हुने रकमले अन्य काम भएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

जनप्रतिनिधिले गर्ने श्रमदानमा वडावासीको पनि सहभागिता हुने गरेको छ । विभिन्न समयमा जनप्रतिनिधिले श्रमदान गर्दै गर्दा वडावासी पनि श्रमदान गर्न आउने गरेको वडाध्यक्ष ओलीले बताए । वडावासी र जनप्रतिनिधि गरेर दुई सय १३ दिन श्रमदान भएको छ । जनप्रतिनिधिलाई महिनामा एक दिन श्रमदान गर्नुपर्ने अनिवार्य भए पनि वडाका स्थानीयलाई भने अनिवार्य नरहेको वडा कार्यालयले जनाएको छ ।

एक दिन श्रमदानमा सहभागी नहुने जनप्रतिनिधिले रु छ सय श्रमदान नगरे वापत वडालाई बुझाउनुपर्ने हुन्छ । त्यो रकम पनि सामाजिक काममा खर्च हुने वडाध्यक्ष ओलीले जानकारी दिए । पछिल्ला दिनमा श्रमदान गर्ने परिपाटी हराउँदै गएपछि वडामा श्रमदानको अवधारण ल्याई काम सुरु गरिएको हो ।

श्रमदानप्रति वडावासी पनि सक्रिय देखिन थालेको र अब काम गर्न झनै सहज हुने वडाध्यक्षको भनाइ छ । अबको श्रमदानको काममा वडावासीको उपस्थितिलाई पनि बढाउने वडाको योजना रहेको उनले भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : १८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड