मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरका ट्रक चालक चितवन राप्ती नगरपालिका– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र ना६ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुर मनहरी– ३ का अमृत प्रजा रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका चितवन राप्ती नगरपालिका– ३ का विवेक तमाङना६ख ६३१ नम्बरको ट्रकका चालक मनहरी– ३ का अर्जुनकुमार प्रजाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

आगो लागेका ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : ४९ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को