मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरका ट्रक चालक चितवन राप्ती नगरपालिका– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र ना६ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुर मनहरी– ३ का अमृत प्रजा रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका चितवन राप्ती नगरपालिका– ३ का विवेक तमाङना६ख ६३१ नम्बरको ट्रकका चालक मनहरी– ३ का अर्जुनकुमार प्रजाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

आगो लागेका ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : ४९ बजे

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको

यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले यात्रु

परराष्ट्रमन्त्रीको जवाफ- मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता भएको छैन

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग