चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु  « Khabarhub

चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु 


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि यसको खतरा अझै धेरै देशहरूमा कायम छ। 

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाइसकेको छ ।

गएको जुन महिनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढेको जनाइएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जुन महिनामा २३९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

चीनले बिहीबार कोभिड–१९ को फैलावट रोक्न विगतमा धेरै कडा नियमहरू लागू गरिएको बताएको छ । तर विगतमा धेरैजसो रोकथामका उपायहरू हटाइएका थिए। 

रोकथामका उपाय हटाएपछि जुन महिनामा ज्यान गुमाउनेको संख्यामा ठूलो वृद्धि भएर २३९ पुगेको हो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मे महिनामा १६४ जनाको मृत्यु भएको र अप्रिल र मार्चमा भने कुनै पनि मृत्यु भएको छैन।

सन् २०२० को सुरुमा चीनले शून्य कोभिड रोकथाम रणनीति अपनाउन थालेको थियो। विशेष गरी कडा लकडाउन, क्वारेन्टाइन, सीमा बन्द र अनिवार्य सामूहिक परीक्षण जीवन बचाउन महत्त्वपूर्ण भएको छ।

तर डिसेम्बरमा केही तयारी पछि उपायहरू खुकुलो पारियो र हटाइयो । जसका कारण कोरोना संक्रमितको संख्यामा अन्तिम ठूलो उछाल आयो, जसमा करिब ६० हजार जनाको मृत्यु भयो। 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : २० बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि