चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु  | Khabarhub Khabarhub

चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु 


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि यसको खतरा अझै धेरै देशहरूमा कायम छ। 

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाइसकेको छ ।

गएको जुन महिनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढेको जनाइएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जुन महिनामा २३९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

चीनले बिहीबार कोभिड–१९ को फैलावट रोक्न विगतमा धेरै कडा नियमहरू लागू गरिएको बताएको छ । तर विगतमा धेरैजसो रोकथामका उपायहरू हटाइएका थिए। 

रोकथामका उपाय हटाएपछि जुन महिनामा ज्यान गुमाउनेको संख्यामा ठूलो वृद्धि भएर २३९ पुगेको हो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मे महिनामा १६४ जनाको मृत्यु भएको र अप्रिल र मार्चमा भने कुनै पनि मृत्यु भएको छैन।

सन् २०२० को सुरुमा चीनले शून्य कोभिड रोकथाम रणनीति अपनाउन थालेको थियो। विशेष गरी कडा लकडाउन, क्वारेन्टाइन, सीमा बन्द र अनिवार्य सामूहिक परीक्षण जीवन बचाउन महत्त्वपूर्ण भएको छ।

तर डिसेम्बरमा केही तयारी पछि उपायहरू खुकुलो पारियो र हटाइयो । जसका कारण कोरोना संक्रमितको संख्यामा अन्तिम ठूलो उछाल आयो, जसमा करिब ६० हजार जनाको मृत्यु भयो। 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  १० : २० बजे

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले