न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भयो, यसको अन्त्य हुनुपर्छ : महासचिव भुसाल « Khabarhub

न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भयो, यसको अन्त्य हुनुपर्छ : महासचिव भुसाल


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले न्यायाधीश बन्ने प्रक्रियामा बिचौलियातन्त्र हावी भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कानून व्यवसायीहरुको भेलामा बोल्दै भुसालले न्यायालय स्वयं न्यायालय किन्ने र न्यायधीश बन्ने प्रक्रियामा विचौलियातन्त्रले राष्ट्रको नयाँ जिन्दगीका सपनाहरु खाइदिने भएकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

भुसालले न्यायाधीश बन्ने प्रक्रियामा हावी भएको विचौलियातन्त्र दलाल पूँजीवादको एउटा स्वरुप भएको तर्क गरे । उनले देश अहिलेजस्तै राजनीतिक अस्थीरतर्फ धकेलिँदै जाने हो भने सुशासन र स्वतन्त्र न्यायालयको कुरा असम्भव हुने बताए ।

उनले संसद विघटन गर्ने यसअघिको केपी ओलीको निर्णयले लोकतान्त्रिक स्थीरताका साथ विकास गर्ने जनताको आशामा तुषारापात हुन जाने भएकाले नै तत्कालिन नेकपामा विवाद भएको बताए । त्यस क्रममा नेपालको भविष्यमाथिको गम्भीर विषयलाई रक्षा गर्नका लागि आफूहरुले आवश्यक भूमिका खेलेको उनको भनाइ छ ।

भुसालले दलाल पूँजीवादका कारण मुलुकमा विभिन्न समस्या देखिरहेको र यसप्रति नयाँ भन्ने दलहरुले पनि कुनै चासो नदेखाएकाले उनीहरुको हविगत पनि पुरानैको जस्तो हुने अवस्था आउने जिकिर गरे । कस्तो कानूनी व्यवस्थाले मुलुकमा सुशासन कायम गर्न सकिन्छ भन्नेमा कानून व्यवसायीहरुले सोच्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ४ : ०८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट