नीति तय गर्न कार्यदल गठन गर्ने समाजवादी मोर्चाको निर्णय « Khabarhub

नीति तय गर्न कार्यदल गठन गर्ने समाजवादी मोर्चाको निर्णय


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता तय गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादी कार्यालय तीनकुनेमा बसेको मोर्चाको पहिलो बैठकले नीति र आचारसंहिता तय चार सदस्ययीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा रहेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यदलले मोर्चाको भावी कार्यक्रमको प्रारुप समेत तयार गर्ने उनले बताए। पाण्डेले साउन महिनामा सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको मितिका बिषयमा पनि कार्यदलले टुङ्गो लगाउने र असार २७ गते घोषणा गरिने जानकारी दिए ।

बैठकले हेरक ६—६ महिनामा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने र अहिले माधव कुमार नेपालले अध्यक्षता गर्ने निर्णय गरेको उनले बताए। त्यस्तै उहाले संसदमा प्रधानमन्त्रीलाई धारणा राख्न रोकेर एमालेले गैरसंसदीय व्यवहार देखाएको बताए

पाण्डेले नेपाली समाजको बिशेषता अनुसार कस्तो समाजवाद निर्माण गर्ने भन्नेमा मोर्चा केन्द्रीत हुने पनि उल्लेख गरे ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै