एनभीए भलिबल : एपिएफको विजयी सुरुवात « Khabarhub

एनभीए भलिबल : एपिएफको विजयी सुरुवात


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा नेपाल एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले विजयी सुरुवात गरेको हो । खेलमा एपिएफले दावालीलाई २५–२२, २५–२३ र २५–२३ ले पराजित गरेको हो ।

त्यस्तै शनिबार नै पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पारेको छ । पुलिसले गण्डकीमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलमा पुलिसले २५–२१, २५–१६, १३–२५, २४–२६ र १५–१० को सेटमा जित हात पारेको हो ।

त्यस्तै पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पनि सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आर्मीले सैलुङलाई २५–८, २५–१३ र २५–१७ ले पराजित गरेको हो ।

यस्तै प्रतियोगीतामा महिलातर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम सहभागी छन् भने पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिम सहभागी छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ४७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको