मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने « Khabarhub

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ ।

केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।

बालकुमारी–दोभान खण्डमा हाल काठमाडौँतर्फ काम भइरहेको समितिका सूचना अधिकारी उद्वव नेपालले बताए । उनका अनुसार अहिले भूनिर्माण र नदीसँग सम्बन्धित काम सुरु भएको छ भने आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

हाल नदी किनारको पर्खाल उठाउने उठाउने काम भइरहेको तथा त्यसपछि पार्क र साइकलमार्ग निर्माण गरिने उहाँको भनाइ छ । मनोहरा करिडोरअन्तर्गत हालसम्म दोभानबाट बालकुमारी हुँदै नरेफाँटसम्मको सडक सम्पन्न भइसकेको छ ।

बालकुमारीदेखि जडीबुटीसम्मको सडक डिभिजन सडक कार्यालयले निर्माण गरेको थियो । नरेफाँटबाट लोकञ्थली जोड्ने पुल हुँदै पेप्सीकोलासम्म ट्रयाक खोल्ने काम अघि बढेको छ । पेप्सीकोलातर्फ कागेश्वरी मनोहरा नगरपालिका–७ र मध्यपुरठिमीतर्फ चारमा पर्ने ठाउँमा नदी व्यवस्थापनको काम शुरु गरिएको उनले बताए।

नयाँ बानेश्वरबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने सडकको विकल्पका रुपमा यो करिडोर रहेको छ । बिजुलीबजार वा नयाँ बानेश्वरबाटै सवारीसाधन करिडोरतर्फ डाइभर्ट हुँदा जडीबुटीमा सवारीको चाप केही कम भएको छ । समितिले काठमाडौँ उपत्यकामा धोबीखोला बाहेकका सबै नदीमा काम गरिरहेको छ ।

समितिले नदी सफा गर्नेसँगै सडक, पुल र ढल निर्माणको काम एक साथ अघि बढाइएको छ । उपत्यकाका सबै नदीमा सुधारका कामसँगै करिडोर निर्माण समितिको कार्यक्षेत्रमा पर्छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ५१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)