स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड « Khabarhub

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ । विगत दुई दशकको व्यावसायिक यात्राका क्रममा आफ्नो वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँचमा उल्लेख्य विस्तार गर्दै आएको बैंकले यही असोज १६ गते आफ्नो २०औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

सोही सफलतालाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा दिगो प्रतिफल, डिजिटल रूपान्तरण, उत्कृष्ट ग्राहक सेवा, जिम्मेवार बैंकिङ्ग र सुदृढ जोखिम व्यवस्थापनलाई एकीकृत गर्दै दीर्घकालीन व्यावसायिक वृद्धिको रणनीति अघि बढाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा ग्लोबल आईएमई बैंकको कुल निक्षेप २१.८० प्रतिशतले वृद्धि भई ७ खर्ब ४४ अर्ब पुगेको छ भने कुल कर्जा लगानी ८.२२ प्रतिशतले बढेर ४ खर्ब ७६.८४ अर्ब पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३८.११६ अर्ब पुगेको छ । बैंकले यसै अवधिमा ६.०३६ अर्ब खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतको वृद्धि हो ।

वित्तीय प्रदर्शनमा हासिल भएको यस प्रगतिका आधारमा बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ, जुन सभाबाट स्वीकृत भएपछि शेयरधनीहरूमा वितरण गरिनेछ। बैंकले आफ्नो ‘मिशन २०३०’ अन्तर्गत लगानीकर्तालाई दिगो प्रतिफल दिने विषयलाई प्रमुख रणनीतिक स्तम्भका रूपमा अघि बढाएको छ ।

देशभर फराकिलो सेवा सञ्जाल र अन्तर्राष्ट्रिय पहुँच

आफ्ना ग्राहकहरूलाई सहज बैंकिङ्ग पहुँच पुर्‍याउन बैंकले देशभरका विभिन्न सेवा माध्यममार्फत १ हजार भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको सेवा सञ्जाल अन्तर्गत ३८४ वटा शाखा कार्यालय, ३६६ वटा एटीएम, १८४ वटा शाखारहित बैंकिङ्ग सेवा, ६९ वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा रहेका छन् ।

यसका साथै विदेशमा रहेका नेपाली तथा गैर-आवासीय नेपाली ग्राहकहरूलाई लक्षित गरी बैंकले विदेशमा ३ वटा प्रतिनिधि कार्यालय स्थापना गरी रेमिट्यान्स तथा ओभरसिज बैंकिङ्ग सेवाको विस्तारलाई समेत उच्च प्राथमिकता दिएको छ ।

‘डिजिटल-फर्स्ट बैंकिङ्ग’ र एआई प्रविधिको नवप्रवर्तन

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा ‘डिजिटल-फर्स्ट बैंकिङ्ग’ लाई व्यवसाय विस्तार र ग्राहक सेवाको मुख्य आधार बनाएको छ । बैंकले हाल २८ भन्दा बढी डिजिटल वर्कफ्लो सञ्चालनमा ल्याएको छ, जसका माध्यमबाट ४६ हजार भन्दा बढी सेवा अनुरोधहरूको सफलतापूर्वक प्रशोधन भइसकेको छ। दोहोरिने तथा नियमित कार्यहरूलाई स्वचालित बनाउन बैंकले १६ वटा व्यावसायिक प्रक्रियामा रोबोटिक प्रोसेस अटोमेसन विस्तार गरेको छ ।

यसैगरी, ग्राहक सेवा, कर्मचारी क्षमता, व्यवसाय विस्तार र जोखिम व्यवस्थापनमा प्रविधिको अधिकतम प्रयोग गर्न बैंकले ‘ग्लोबल जीपीटी’ र ‘डकुमेन्ट क्वेरिज सिस्टम’ जस्ता आधुनिक कृत्रिम बौद्धिकता प्रणालीहरू प्रयोगमा ल्याएको छ । मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ मा व्यक्तिगत वित्तीय व्यवस्थापन, आईपीओ आवेदन, फण्ड ट्रान्सफर र क्यापिटल मार्केट सेवाहरू थपिएका छन् भने कर्पोरेट ग्राहकका लागि ‘ग्लोबल बिजनेक्स’मा सुधार गरिएको छ ।

अनलाइन खाता खोल्ने सुविधा र भिडियो केवाइसी मार्फत बैंकिङ्ग सेवालाई थप सहज बनाइएको छ । नयाँ पुस्ताका ग्राहकहरूका लागि ‘नेक्स्ट जेन एकाउन्ट’, ‘राउन्ड-अप’ र ‘गोल-बेस्ड डिपोजिट’ जस्ता लक्षित उत्पादनहरू सञ्चालनमा ल्याइएको छ । साथै, नेपाल राष्ट्र बैंकको डिजिटल लेण्डिङ्ग फ्रेमवर्क अनुसार ‘डिजिटल ब्रान्च’ र ‘डिजिटल लेण्डिङ्ग सुइट’ को विकास तथा विस्तार गर्ने योजना समेत आगामी खाकामा समेटिएको छ ।

त्यस्तै, बैंकले ग्राहकका सेवा अनुरोध तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सीआरएम प्रणाली र २४ सै घण्टा सञ्चालित कल सेन्टरलाई सक्रिय बनाइएको छ ।

सुदृढ कर्जा जोखिम व्यवस्थापन र उच्च साइबर सुरक्षा

व्यवसाय विस्तारसँगै कर्जाको गुणस्तर र जोखिम व्यवस्थापनलाई बैंकले प्रमुख प्राथमिकतामा राखेको छ। कर्जाको निरन्तर अनुगमन र सम्भावित समस्या समयमै पहिचान गर्न ‘डेडिकेटेड लोन मनिटररिङ्ग डिपार्टमेन्ट’को व्यवस्था गरिएको छ ।

कर्जा मूल्याङ्कनलाई पारदर्शी र व्यवस्थित बनाउन स्कोरिङ्ग मोडेल्स, फाइनान्सियल एसेसमेन्ट मोडेल, प्रोजेक्ट इभ्यालुएसन र लोन मनिटररिङ्ग जस्ता प्रणालीहरू लागू गरिएका छन् भने ‘डायनामिक प्रोभिजनिङ्ग’ तर्फ अघि बढ्ने योजना रहेको छ । बैंकले स्वतन्त्र जोखिम व्यवस्थापन र साधारण अनुपालन संरचनालाई सुदृढ बनाउँदै नियामकीय अनुपालनमा विशेष जोड दिएको छ ।

डिजिटल कारोबारको सुरक्षाका लागि बैंकले इन्फर्मेशन सेक्युरिटी अडिट, पीसीआई, डिएसएस र स्वीफ्ट सीएसपी जस्ता अभ्यास अपनाएको छ । साइबर जोखिम पहिचान र नियन्त्रणका लागि एसओसी/एसआईईएम, भल्नरेबिलिटी म्यानेजमेन्ट, थ्रेट डिटेक्सन र फ्रड प्रिभेन्सन प्रणालीहरूलाई थप सुदृढ बनाइएको छ ।

हरित बैंकिङ्ग र वातावरणमैत्री वित्तीय पहल

दिगो विकासप्रति प्रतिबद्ध रहँदै बैंकले हरित कर्जा अन्तर्गत ग्रीन होम लोन, रुफटप सोलार पीभी लोन, क्लाइमेट/स्मार्ट एग्रिकल्चर लोन र ग्रीन एसएमई लोनमार्फत लगानी विस्तार गरिरहेको छ । दिगो बैंकिङ्ग तथा वातावरणमैत्री वित्तीय गतिविधिलाई संस्थागत गर्न बैंकमा ‘सस्टेनेबल बैंकिङ्ग कमिटी गठन गरिएको छ ।

वातावरणीय प्रभाव मापनका लागि पीसीएफ र कार्बन डिस्क्लोजर रिपोर्ट जस्ता अभ्यास अघि बढाइएको छ भने आगामी दिनमा ग्रीन बण्ड्स, सस्टेनेबिलिटी बण्ड्स र क्लाइमेट फण्ड्स जस्ता दिगो वित्तीय उपकरणहरू जारी गर्ने योजना बैंकको रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र