पाकिस्तानमा भीषण बाढी–पहिरो, ६७ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा भीषण बाढी–पहिरो, ६७ जनाको मृत्यु


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् ।

देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ ।

लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण सहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको थियो ।

पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो ।

बर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए ।

लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताउनुभएको छ ।

देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

मुसलधारे वर्षाका कारण ४४ घरमा क्षति पुगेको छ भने १४ पशुचौपाया मरेका छन् ।

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् भने पाकिस्तान प्रशासित काश्मिरमा एक जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार खैबर पख्तुनख्वाका केही क्षेत्रका पहाडी धारमा अझै आकस्मिक बर्षा हुने र बाढी आउने अनुमान गरिएको छ भने जुलाई ९ मा देशका दुई नदीमा अत्यधिक धेरै बाढी आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ०८ बजे

सुमनाले छाडेपछि तोसिमा र गणेश पनि रास्वपाबाट बाहिरिन तम्तयार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले

असोज ३ बाट ‘जारी २’ सर्ने पक्का, उपेन्द्र भन्छन्- दशैँ वा तिहार पुग्छ

काठमाडौं – जेन-जी आन्दोलनले देशमा नयाँ परिस्थिति विकास गरेका कारण

कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ

ढोरपाटन– जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित