प्रतिनिधिसभा बैठक : सदन अवरोध गर्न नहुनेमा सांसदको जोड | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : सदन अवरोध गर्न नहुनेमा सांसदको जोड


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरूले सत्तापक्ष र प्रतिपक्ष दुवैले आआफ्ना असन्तुष्टि व्यक्त गर्न र समस्याको समाधान खोज्न सदन अवरोध गरेर नभई सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘जनतालाई विश्वास दिलाउनका लागि पनि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार हुनुपर्छ ।’

उनले संसद्‌भित्र गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण भइरहेको भन्दै सरकारको ध्यानार्कषणसमेत गराए । ‘संसद् तीन दलको बन्धक बन्न मिल्छ ? रातारात सल्लाह गर्ने र ती दलले निर्णय गर्‍यो भनेपछि हामी लुरुलुरूपछि लाग्नुपर्ने ?’ उनले प्रश्न गरे।

उनले सदन अवरोध गरेर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र  नेकपा (एमाले) का शीर्ष नेताबीचको छलफलको अभ्यास उचित नभएको बताए। तीन दलका कारण संसद् बन्धक बन्न नहुने उनको भनाइ छ ।

बैठकमा सांसद प्रेम सुवालले पटकपटक हुने सुन तस्करी प्रकरणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले पनि शीर्ष नेताका बीचमात्र हुने छलफलप्रति असन्तुष्टि व्यक्त गरे । अर्का सांसद रामप्रकाश चौधरीले सदन अवरोध गर्ने अभ्यासको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सांसद राजकिशोर यादवले सदन अवरुद्ध हुँदा जनताका मुद्दा ओझेलमा परेको बताए । सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धानलाई राजनीतिक स्वार्थ परिपूर्तिको माध्यम बनाउन नहुने उनको भनाइ छ ।

यस्तै, सांसद मेटमणि चौधरीले सरकारी निकायको संयन्त्रप्रति विश्वास गर्नुपर्ने बताए। उनले सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कामलाई विश्वास गनुपर्नेमा जोड दिए । सांसद अमरेशकुमार सिंहले सरकारी संयन्त्रप्रति अविश्वास बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : २५ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे (तस्बिरहरू)

काठमाडौं – कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आएसँगै जनकपुर र नेपाल भारत

जनकपुरलाई झट्का, २० रन नकटाउँदै गुमायो ३ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध

एफएनसीसीआइ र कोरिया इम्पोटर्स एसोसिएसनबीच लगानी प्रवर्धन समझदारी

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र कोरिया इम्पोटर्स

महिलाहरूको पाठेघरको निःशुल्क परीक्षण 

काठमाडौं – ‘स्वास्थ्यलाई प्राथमिकता दिऔँ, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै