सर्वोच्चको आदेशले ललिता निवास प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ « Khabarhub

सर्वोच्चको आदेशले ललिता निवास प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि अपराधको निष्पक्ष छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिका नाममा पुर्‍याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिामाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले छानबिनमा थप आधार दिएको बताएका हुन् ।

‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ । यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ । जहाँसम्म जानुपर्छ, जानुहोस् भनेका छौँ । तथ्य प्रमाणले जसलाई तान्छ, सबैलाई तान्नुहोस् भनेका छौं,’ गृहमन्त्री श्रेष्ठले भने । उनले सुन प्रकरणमा माओवादी वा जो सुकै भए पनि उन्मुक्ति नपाउने बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ४२ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना