अमेरिकामा प्रचण्ड गर्मीका कारण एक सय ४७ जनाको मृत्यु « Khabarhub

अमेरिकामा प्रचण्ड गर्मीका कारण एक सय ४७ जनाको मृत्यु


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकामा प्रचण्ड गर्मीका कारण एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएको छ । तीन राज्यमा गर्मीका कारण मानिसहरुको मृत्यु भएको बताइएको छ ।

यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

जुनको अन्तिम सातादेखि बढेको गर्मी अझैसम्म जारी नै छ । जुन र जुलाई महिनमा लगातार ३१ दिन एक सय १० डिग्री फरेनहाइटभन्दा माथि तापक्रम पुगेपछि जनजीवन अस्तव्यस्त भएको थियो ।

आँधी र बाढीमा भन्दा गर्मीले ज्यान गुमाउनेको सङ्ख्या अधिक भएकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जलवायु सङ्कटले यस्तो अवस्था निम्त्याएको उनीहरूको तर्क छ ।

हार्वर्ड विश्वविद्यालयका  चिकित्सक डेभिड एस जोन्स देशभरिबाट सङ्कलन गरिएको मृत्युको विवरण कम भएको टिप्पणी गर्दै उक्त गणनालाई रहस्यमय भनेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ०४ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट