लागुऔषधसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित पाँच जना पक्राउ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मकवानपुर, बाँके र कास्कीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका– ७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका– ८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका– १६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका– १४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका(१० औद्योगिक क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम र भारतीय रूपैयाँ २८ हजारसहित सोही महानगरपालिका– ११ फुलबारी बस्ने अर्घाखाँची भएका ३० वर्षीय बलेन्द्र भन्ने मनोज आलेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ५६ बजे

प्रधानमन्त्री ओलीले भने- भ्रष्टाचारको निष्पक्ष  छानबिनमा सरकार प्रतिबद्ध छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार

कैलालीमा दुई सय ८९ उद्योग बन्द

गोदावरी– जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग

यस्तो छ सांसदहरूसँग प्रधानमन्त्रीको सवाल-जवाफ (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग आफ्नो नयाँ कार्यकालको प्रत्यक्ष

बजेट अभावले कार्य प्रगतिमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अभावका कारण कार्य प्रगतिमा

झिनो अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब नजिक 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  सोमबार झिनो अंकले बढेको छ