अफ्रिकी मुलुक मालीमा आतङ्कवादी हमला, ६४ जनाको मृत्यु « Khabarhub

अफ्रिकी मुलुक मालीमा आतङ्कवादी हमला, ६४ जनाको मृत्यु


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

माली– अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा इस्लामिक लडाकुहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गर्दा ६४ जनाको मृत्यु भएको छ । 

मालीको अन्तरिम सरकारका अनुसार आतङ्कवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेका थिए । आतङ्ककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गा र बाम्बामा रहेको सैन्य शिविरमा आक्रमण गरेका थिए। 

मालीको गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूको आक्रमणमा परी ४९ जना मारिएका थिए भने सैन्य शिविरमा भएको आक्रमणमा १५ जना सैनिक मारिएको खबर छ । 

दोहोरो फायरिङमा झण्डै ५० जना लडाकु मारिएको माली सरकारले दाबी गरेपनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । डुङ्गामा सवार सर्वसाधारण मारिएपछि मालीको जुन्ता सरकारले तिन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : ०० बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी