ज्योतिष विषयको कृति ‘ज्योतिः शतकम्’ विमोचन « Khabarhub

ज्योतिष विषयको कृति ‘ज्योतिः शतकम्’ विमोचन


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ज्योतिविद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् आजदेखि बजारमा आएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

पोखरा महानगरपालिका–३३ शिवबस्ती निवासी पौड्यालको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ । विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचनामा ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लिखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुझ्ने गरी प्रस्तुत गरिएको छ । 

छयत्तर पृष्ठको पुस्तकको प्रथम पल्लवमा नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषबारे विश्लेषण गरिएको छ । दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण छ । चौथो पल्लवमा सङ्क्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा छ। पाँचौँ पल्लवमा सङ्क्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ ।

पौड्यालका ज्योतिषसम्बन्धी विभिन्न लेखरचना ९२०७२०, फलित पञ्चामृतम् पहिलो संस्करण ९२०७३०, दोस्रो संस्करण ९२०७४० र तेस्रो संस्करण ९२०७६० प्रकाशित भइसकेका छन् । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : २८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन