सियारीमा नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच « Khabarhub

सियारीमा नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पुर्‍याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हालसम्म एक हजार पाँच सय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण नागरिकलाई उपचारका लागि रगत निःशुल्क उपलब्ध गराउँदै आएको छ । पैसाको अभावमा कसैले पनि रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनेर नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीसँग समन्वय गरी निःशुल्क रुपमा रगत उपलब्ध गराउने कार्य प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनका अनुसार गत वर्ष दुई सय ३९ जनालाई निःशुल्क रगत उपलब्ध गरिएको छ ।

गाउँपालिकाले गत वर्ष गाउँपालिकाभित्रका नौ हजार छ सय ७७ सुत्केरीलाई सुत्केरी पोषण सामग्री र पोषण खर्च निःशुल्क रुपमा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण गरिएको छ ।

त्यसैगरी गाउँपालिकाभित्रका गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवामार्फत निःशुल्क भिडियो एक्स रे सेवा सञ्चालन गरिएको छ । गाउँपालिका भित्रका गर्भवती, सुत्केरी, नवशिशु, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग (क र ख) लाई निःशुल्क एम्बुलेन्स सेवा र ल्याब सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

गतवर्ष नौ सय ३४ मोतियाबिन्दुका बिरामीले निःशुल्क सल्यक्रिया सेवा लिएका छन् । पालिकाले श्री रण अम्बिका शाह आँखा अस्पतालको सहकार्यमा मोतियाबिन्दुका बिरामीको निःशुल्क सल्यक्रिया सेवा सञ्चालन गरिएको र उक्त कार्यक्रम यसवर्ष पनि निरन्तरता दिइएको गाउँपालिकाका सूचना अधिकृत माधव खनालले जानकारी दिए ।

सियारी गाउँपालिकाले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासँगै मानसिक स्वास्थ्य सेवा सञ्चालनको सुरूआत, औषधि व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तालिमपश्चात सेवा सुरू गरी नौ सय ३९ बिरामीलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ । त्यसैगरी सियारी गाउँपालिका भित्रका नौ सय ७० महिला स्वास्थ्य स्यवंसेविकालाई मासिक भत्ता, यातायात खर्च र स्वास्थ्य बीमा सेवा प्रदान गरिएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : १७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक