नक्कली नोटसहित एक पक्राउ « Khabarhub

नक्कली नोटसहित एक पक्राउ


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार काठमाडौँ महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मङ्गलबार पक्राउ गरेको हो । थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

आजै प्रहरीले एकजनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारी आज बिहान नागढुङ्गाबाट पक्राउ परेका हुन् । अन्सारीको साथबाट अवैध लागूऔषध फेनारगन एक सय ४२ एम्पुल, बुप्रेनुर्फिन एक सय ४७ एम्पुल, डाइजेपाम एक सय ३७ एम्पुल र नाईट्राभेट एक हजार पाँच सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अन्सारीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन