इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’  | Khabarhub Khabarhub

इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’ 



दोहा– इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् । 

शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् ।

अनुहार भरी चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको कारुणिक भिडियोले सबैको मन रुवाएको छ । यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट आफूलाई आएको तेलअभिवमा रहेका रमेश जोशीले बताए ।

यहाँ नेपालीहरूको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म तीन जना नेपालीलाई उद्धार गरेर अस्पताल लगिएको बताए । दुई जनलाई उद्धार गर्ने काम भैरहेको र अझै नौ नेपाली बेपत्ता रहेको उनले बताए ।

 ‘अहिले यहाँ युद्ध चलिरहेको छ सेना, प्रहरी त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन, केहीलाई उद्धार गरियो, केहीलाई उद्धार गर्ने क्रममा छौँ अझै नौ जना बेपत्ता छन्’, जोशीले भने, ‘मिसाइल आक्रमण हुने बित्तिकै साइरन बजी हाल्छ, ज्यान जोगाउनका लागि दौडिँदै बङ्करमा नगए सुखै छैन ।’

निरन्तर युद्ध चलिरहेकाले त्यहाँ रहेका हजारौँ नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा यो निकै खतरनाक मानिएको र गोलाबारी चलिरहेकाले बाहिर निस्कने अवस्था नरहेको उनले बताए ।

यता, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमलामा १४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जनाएको छ। अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ।

हमलामा के कति नेपाली घाइते भए आधिकारिक विवरण लिने कार्य भैरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । इजरायलमा हमास आतङ्ककारी समूहको ठूलो हमलाबाट मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

कम्तिमा ११ सय घाइते भएका छन्, घाइते मध्ये धेरै अवस्था गम्भीर रहेको बताइएको छ । सयौँ हमास बन्दुकधारीहरूले इजरायलमा घुसपैठ गरेको, धेरै बिन्दुहरू पार गर्दै र आइडीफले अत्यधिक परिष्कृत सीमा बार मानेको कुरालाई ओझेलमा पारेको बताइएको छ ।

हमासले नेपालीसहित दर्जनौँ इजरायलीहरूलाई गाजामा अपहरण गरेको दाबी गरिएको छ । आइडीफले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पुष्टि गरेको छ तर संख्या तोकेको छैन। देशको दक्षिण र केन्द्रमा हजारौं रकेटहरू प्रहार गरिएका छन्, जसमा धेरै मानिसहरू मारिएका छन्।

झापाली समाज इजरायलको अपिल

झापाली समाज इजरायलले इजरायलमा शनिबारदेखि द्वन्द्व शुरु भएको भन्दै यो विषम परिस्थितिमा आफ्नो सुरक्षाको ख्याल राख्न र इजरायली सुरक्षा निकायको निर्देशनलाई शतप्रतिशत पालना गर्न सबैलाई समाजले अनुरोध गरेको छ ।

अलुमिन किबुजको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी, इजरायली नागरिक र अन्य मुलुकका नागरिकहरू हमासको आक्रमणमा घाइते भएको हुनाले उनीहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो जटिल अवस्थामा विभिन्न खालका द्वन्द्वका भिडियो फोटोहरू सामाजिक सञ्जालमा पोष्ट नगरिदिन हार्दिक अनुरोध गरिएको छ ।

जस्तोसुकै परिस्थितिमा पनि साथ सहयोग र समन्वयका लागि झापाली समाज इजरायल र नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ३७ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य