‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’ « Khabarhub

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

बलेवा– पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै  जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् रु कहिले बन्छ होला है ?’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी । 

बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन् ।

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ । ‘विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन । अघिल्लो वर्ष धेरै काम भएको छ । अब २० प्रतिशत काम मात्रै बाँकी छ’, सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पोखरेलले भने, ‘कठिन काम सकियो । निर्माण कम्पनीको म्याद पनि सकिएको छ । म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ ।’ 

उनले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिए । पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो । ‘पुलका पिल्लर बनिसकेका छन् । ढलान स्लापको काम बाँकी हो । आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ’, पोखरेलले भने, ‘कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ । भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।’ 

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्ने गरी विसं २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो । काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आवमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । 

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ । कालीगण्डकी नदीको बीचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचौँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ । 

‘कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन्’, इञ्जिनियर पोखरेलले भने, ‘भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।’ उनका अनुसार रू १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ । 

समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताए । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत करिडोरको पहुँचमा ल्याउने उहाँको भनाइ थियो । उनका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ ।

पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ५१ बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु