ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै « Khabarhub

ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढ्दै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो । 

जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगतरुपले १८९दशमलव छ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो । उक्त कार्यालयका निमित्त प्रमुख बद्रीप्रसाद साहका अनुसार वन आवादी जोडिएको सिमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ । 

सन्ताननब्बे हजार छ सय ११दशमलव ३६ हेक्टर वन क्षेत्र रहेकामा १३ हजार १६८दशमलव ९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमापर्छ भने सामुदायिक वनभित्र नौ हजार ७३७ दशमलव ८५ हेक्टर वनक्षेत्र पर्छ । उक्त कार्यालयले प्रकाशित गरेको वार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिकाअनुसार फुङलिङ नगरपालिका– १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाका गरी २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा व्यापारिक केन्द्र बनाउन स्थानीय तीन हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । मेरिङदेन गाउँपालिका—२ स्थित गुराँसे पोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणमा शून्य दशमलव पाँच हेक्टर र मैवाखोलागाउँपालिका—४ र ५ को तिनजुरे–मिल्के–जलजले९टिएमजे०क्षेत्रमा भ्यूटावरलगायत संरचना निर्माण तथा स्थानीयवासीद्वारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

स्थानीय तहमा पसल, व्यवसाय, गोठ आदि कार्यका लागि १०५दशमलव पाँच  हेक्टर र सिदिङ्वा गाउँपालिका-१ स्थित तिम्बुङ पोखरी क्षेत्रमा होमस्टे तथा आवास निर्माण गर्न दुई हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वनकार्यालयले जनाएको छ । 

वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएको त्यहाँका निमित्त प्रमुख साहले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ४३ बजे

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 

बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा

युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

काठमाडौं– आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी

जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा

काठमाडौं– जनमत पार्टी कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले पदबाट राजीनामा