दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री, इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग, इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता, ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक, भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस ,सरकार र शिक्षक महासङ्घबीचको सहमति सदनमा पेस लगायतले प्रमुख स्थान पाए ।

बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन् ।

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता
नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको पहिचान गर्नदेखि उद्धारसम्म गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित अवस्थाले नेपालीको अवस्थाबारे जानकारी गराए ।

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग
सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहले इजरायलमा आक्रमण गर्दा तीन जना नेपाली घाइते भएको र १२ जनाको अवस्था अज्ञात रहेकोबारे संसद्लाई जानकारी गराएका थिए ।

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन् ।

सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
प्रहरीले विद्युतीय चुरोट भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनका लागि पूर्वसभामुख महराका छोरा राहुलसहित चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताएका छन् ।

हाल विराटनगर, वीरगञ्ज, मकवानपुर, डोटी, भक्तपुर, पोखरा, नेपालगञ्ज र भैरहवामा सञ्चालित बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका रहेकाले त्यसको व्यवस्थापनमा सरकार क्रियाशील रहेको मन्त्री आचार्यले बताएका हुन् ।

आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

एकीकृत समाजवादीको जागरण अभियान तीन प्रदेशमा सम्पन्न
नेकपा (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो ।

सरकार र शिक्षक महासङ्घबीचको सहमति सदनमा पेस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन् ।

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध
नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव शंकर पोखरेलले शनिबार इजरायलमा भएको आतंकवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन् ।

नयाँ नोट सटही असोज २९ गतेदेखि
नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ०५ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते