विराटको सनसनी र बलिङमा भारतीय जादु | Khabarhub Khabarhub

विराटको सनसनी र बलिङमा भारतीय जादु


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

घरेलु भूमिमा क्रिकेट विश्वकप चली रहँदा भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले ४९ औं एक दिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको कीर्तिमानसँग बराबरी गरेका छन्। बाँकी तीन खेलमा अर्को पनि शतकसहित उनले यो रेकर्ड तोड्न सक्छन्। त्यो बहस एकातर्फ छोडेर विश्व क्रिकेटको ब्याटिङमा भारतीय दबदबाको चर्चा गर्नु उपयुक्त हुन्छ।

सबै भन्दा धेरै शतक प्रहार गर्ने तेस्रो क्रमको ब्याट्सम्यान भारतका कप्तान रोहित शर्माले ३१ शतक प्रहार गरेका छन्। अस्ट्रेलियाका रिक्की पोन्टीङले ३० शतक प्रहार गरेका छन्। श्रीलङ्काका सनथ जयसुर्या २८ तथा दक्षिण अफ्रिकाका हसिम अमलाको नाममा २७ एक दिवसीय शतक छ। यी सबै प्रारम्भिक ब्याट्सम्यान हुन्।

दक्षिण अफ्रिकाका अब्राहम डी भिलियर्स, वेस्ट इन्डिजका क्रिस गायल र श्रीलङ्काका कुमार संगकाराले २५ एक दिवसीय शतक आफ्नो नाममा लेखाएका छन्। संगकारा र कोहलीबाहेक यी सबै प्रारम्भिक ब्याट्सम्यान हुन्।

सबै भन्दा धेरै एक दिवसीय शतक प्रहार गर्ने किवीज ब्याट्सम्यान रोज टेलर हुन्। उनले २१ शतक आफ्नो नाममा लेखाएका छन्। पाकिस्तानमा यो सफलता सइद अनवरको नाममा छ। उनले २० शतक प्रहार गरेका छन्। इङ्गल्यान्डका जोए रुटले १६ शतक प्रहार गरेका छन्। आयरल्यान्डका पाउल स्टर्लिङले १४ एक दिवसीय शतक प्रहार गरेका छन्। बङ्गलादेशका तमिम इकवालले पनि समान शतक प्रहार गरेका छन्।

पछिल्लो दशक क्रिकेट ब्याट्सम्यान प्रधान भएका कारण पनि छिटो शतक प्रहार भएका छन्। लिग चरणको आठौँ खेल खेल्ने क्रममा भारतीयले दोस्रो उत्कृष्ट भनिएको दक्षिण अफ्रिकालाई नै २ सय ४३ रनले हरायो। सो खेलमा दक्षिण अफ्रिका ८३ रनमा सीमित भयो।

टोलीका सबै खेलाडीले एकै खेलमा एकै दिन एकै पटक उत्कृष्ट गरेमा यस्तो परिणाम देखिने गर्छ। कोहलीको सफलतासँगै अन्य फास्ट बलरको सफलता पनि अचम्मको छ।

जसप्रित बुमराहले १५ विकेट लिएका छन्। उनको औसत १५ भन्दा अलिकति मात्र बढी छ। उनको ७० प्रतिशत बलमा ब्याट्सम्यानले रन प्रहार गर्न सकेका छैनन्। पहिलो पावर प्ले त यो ८३ प्रतिशत छ। सुरुवातदेखि रन पनि रोकेर विकेट लिनु यो साँच्चै सफलता हो। सुरुवातदेखि नै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्नु उनको खुबी हो।

कप्तान रोहितले सोही ढङ्गले ब्याट चलाउँछन्। छिटो गतिमा धेरै रन बटुल्नु चानचुने कुरा होइन। दक्षिण अफ्रिकासँगको खेलमा भारतले १० ओभरमा ९१ रन जाडेको थियो। रोहितले २४ बलमा ४० रन प्रहार गरेका थिए। छैटौँ ओभरमा टोलीले ६० रन पार गरेको थियो।
श्रेयार ऐयार र कोहलीले उनीहरूले बनाएको प्लेटफर्मलाई राम्रोसँग उपयोग गरे। पावर प्लेका सबैभन्दा सफल ठानिएका बलर मार्को यान्सनलाई त शुभमन गीलले टिक्न पनि दिएनन्।

भारतले अहिले जस्तो कुनै पनि प्रतियोगितामा अहिले सम्म दबदबा राखेकै थिएन। सिमर, स्पिनर, माथिल्लो क्रम र मध्यक्रम सबले एकसे एक खेलीरहेका छन्।

फिंगर स्पिनर र रवीन्द्र जडेजा र रिस्ट स्पिनर कुलदिप यादवले उत्तिकै सनसनी मच्चाइ रहेका छन्। मुम्बइमा पहिलो सेमिफाइनल खेल खेल्दा केही चासोको विषय छन्। भारत पाँच बलरको साथमा अहिले खेली रहेको छ। अहिलेसम्म पाँच जना नै रन रोक्न सफल भएका छन्। यहीक्रम रहेमा भारतले चिन्ता गर्नु पर्ने कुनै कारण नै हुँदैन।

अन्य खेलमा भन्दा अस्ट्रेलियासँग फरक रहेको थियो। पहिलो तीन विकेट सुरुवात नै गिरेको थियो। तर त्यसपछि भारत दबाबमा आएको छैन। कोहलीको यस सफलताले त भारतीय टोली अझ धेरै उत्साहित छ।

चोट ग्रस्त खेलाडी फिर्ता भएसँगै भारत अझ धेरै उत्साहित छ। मोहम्मद सामी पहिलो चार ओभरमा धेरै प्रभावी देखिएका छैनन्। परन्तु डेथ ओभरमा उनले सनसनी फैलाएका छन्। उनले सातको औसतमा १६ विकेट लिएका छन्। श्रेयार ऐयारले चौथो क्रममा आफ्नो स्थान बलियो बनाएका छन्। हार्दिक पाण्डेले विश्वकप गुमाए पनि टिम इन्डियाले उनको अभाव अहिलेसम्म महसुस गराएको छैन।

अहिले भारतीय टोली सेमिफाइनलमा प्रवेश गरिसकेको छ। कुनै पनि भारतीय खेलाडीलाई कसैले पनि दोषारोपण गरेको छैन। सबैले पाएको अवसरलाई उत्कृष्ट ढङ्गले उपयोग गरेका छन्।

यसअघि सन् २००३ को विश्वकपमा भारतले लगातार आठ खेलमा जित हात पारेको थियो। त्यसपछि अस्ट्रेलियासँग फाइनलमा भेट भएको थियो। फाइनलमा रिक्की पोन्टीङले १ सय २१ बलमा १ सय ४० रन प्रहार गरेका थिए। उनको पारीमा ८ छक्का समावेश थियो। यस्तो पारीको कसैले अनुमान गरेकै थिएन। अहिले भारतीय भूमिमा विश्वकप चली रहँदा त्यो सम्भावना कम छ। भारत त्यस समयको भन्दा उत्कृष्ट छ।

सुरुमा दुई खेल गुमाएको अस्ट्रेलियाको पछिल्ला ६ खेलको लोभलाग्दो प्रदर्शनको चर्चा पनि कम छैन। मंगलबार मात्र अफगानिस्तानविरुद्ध अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। योसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन्।

सन् १९९६ को फाइनलमा श्रीलङ्कासँग पराजित अस्ट्रेलिया त्यसपछिका लगातार तीन विश्वकप जित्न सफल भएको थियो। यसमा राहुल द्रविडको मत प्रस्ट छ, ‘हामीले उत्कृष्ट खेल्ने हो। कसैले अझ उत्कृष्ट खेलेर हामीलाई हराउँछन् भने गुडलक भन्ने हो।’

एकै विश्वकपमा सबै भन्दा धेरै विकेट लिने खेलाडी अस्ट्रेलियाका मिचेल स्टार्क हुन्। उनले गत विश्वकपमा २७ विकेट लिएका थिए। अस्ट्रेलियाकै ग्लेन म्याकग्राथले सन् २००६–०७ को विश्वकपमा २६ तथा चामिन्डा भाषले सन् २००२–०३ को विश्वकपमा २३ विकेट लिएका थिए। श्रीलङ्काकै मुत्तैया मुरलीधरनले त्यस पछिको विश्वकपमा २३ विकेट नै लिएका थिए। त्यसै विश्वकपमा अस्ट्रेलियाका स्टुवार्ट टैटले २३ विकेट लिएका थिए।

यस विश्वकपमा श्रीलङ्काका दिलसान मधुसन्काले २१ विकेट लिएका छन्। सेमिफाइनल प्रवेश नगर्ने निश्चित भइसकेको सो टोलीका उनले अब एक खेलमा कत्ति विकेट लिने हुन् ? यकिन छैन।

अस्ट्रेलियाका एडम जाम्पाले २१ विकेट लिएका छन् भने दक्षिण अफ्रिकाका मार्को यान्सनले १७ विकेट लिएका छन्। एकल प्रदर्शनमा भारतीय बलर मोहम्मद सामीले १६ विकेट लिएका छन्। एकल प्रदर्शन र धेरै विकेटमा भारतीय भन्दा अन्य अघि रहे जस्तो भए पनि सामूहिक प्रदर्शनमा भारत अग्र स्थानमा छ। भारतीय बलिङ आक्रमण साँच्चै जादुमय नै हो।
स्रोतः बीबीसी, क्रिकइन्फो

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ०९ बजे

राहुघाट हाइड्रोको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका

सुनसान‘ रिहार’ धाम

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो