लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका– १० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका– ६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र सु.प.प्र ०२००३ प ७१७९ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकै कृष्णपुर नगरपालिका–२ बंक स्याउले चोक बस्ने ४८ वर्षीय पदम बहादुर कार्कीलाई अवैध लागूऔषध चरेश ९२ ग्राम ४२ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले कार्कीले आफ्नै घरमा संचालन गरेको होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज तलासी गर्दा विभिन्न स्थानहरुमा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ मालिकाटोल बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ तपलाइन बस्ने २८ वर्षीय बिकास सेरबुजालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम, नगद २१ हजार रूपैयाँ र मोबाइल १ थानसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बर्दियाको बाँसगढी नगरपालिका–८ पिसिओ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्रामसहित सोही नगरपालिका–४ मटरिया गाउँ बस्ने २२ वर्षीय निरज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाकै बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ मिलिग्रामसहित सोही गाउँपालिका–७ पेडारी बस्ने २२ वर्षीय अभिषेक थारू समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क डेरा गरी बस्ने भारत बिहार घर बताउने १९ वर्षीय प्रियन्सु कुमार मण्डल, भारत जोगवनी घर बताउने १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलमलाई अवैध लागूऔषध ब्राउनसुगर १४ ग्राम ३ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध प्रयोग गरिरहेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका–८ गरामनीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका– २ बस्ने २५ वर्षीय प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा मे।३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले मोटरसाइकल चालक राईले नसालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका–८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे १२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ४३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको