थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने « Khabarhub

थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको छ । थाइल्याण्डले १० नोभेम्बरबाट भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि श्रीलंकाले पनि भारतीय पर्यटकलाई भिसा बिनै प्रवेश दिने घोषणा गरेको थियो । थाइल्याण्ड सरकारले भारतीय पर्यटकलाई बिना भिसा मुलुकमा ६ महिनासम्मका लागि प्रवेश दिने निर्णय गरेको एएनआईले उल्लेख गरेको छ ।

भारतसहित ताइवानका नागरिकलाई पनि थाइल्याण्डले भिसामा छुट दिएको छ । हाल कायम नीति अनुसार हाल ५९ मुलुकका नागरिकलाई थाइल्याण्ड प्रवेश गर्दा भिसा लिइराख्नु पर्दैन ।

चीनबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै यसअघि थाइल्याण्डले कखाजस्तान र चीनका पर्यटकका लागि समेत यस्तै व्यवस्था गरेको थियो ।

त्यहाँको राज्यसञ्चालित सञ्चार माध्यमका अनुसार यस वर्षको पहिलो ९ महिनामा १२ लाख ६० हजारभन्दा धेरै भारतीय पर्यटकले थाइल्याण्डको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : १४ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६