नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ?  « Khabarhub

नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ? 


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

हामी जब आफू भन्दा ठूलो मान्छे भेट्छौँ तब  दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखी आँखा बन्द गरिन्छ र शिर झुकाएर नमस्कार गरिन्छ । आफ्ना आफन्त गुरु अतिथिहरूलाई पहिला नमस्कार गरेर कुरा सुरु गरिन्छ यो हाम्रो परम्परागत प्रचलन नै हो । मन्दिरमा जाँदा पनि नमस्कार गर्ने गरिन्छ । 

नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो । नमस्कार गर्नु हाम्रो संस्कार हो । यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ । नमस्कार यस कारण मन र स्वास्थ्यसँग जोडिन्छ कि हात जोडेर मान्छे रिसाउन, कराउन सक्दैन । नमस्कार विनम्रताको प्रतीक पनि हो जुन नमस्कारको अर्थमै  झल्केको छ । ‘म नमन गर्छु । म तपाईँको अगाडि सम्मानको साथ झुकिरहेको छु’ यस्तो अर्थ हो । 

नमस्कार गर्नुका वैज्ञानिक फाइदामा नमस्कार गर्नुलाई यौगिक क्रिया मानिन्छ । हात जोड्दा शरीरको रक्त सञ्चार प्रवाह हुन्छ । जसमा नमस्कार गर्दा हातका औँलाहरू आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञाचक्र सक्रिय भई जागरण बढ्छ । जस कारण मनमा शान्त र चित्तमा प्रसन्नता आउँछ । यसका अलावा हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको कारणले  शारीरिक व्यायाम हुन्छ, जसले पाचन प्रक्रियामा सहजता ल्याउँछ ।

धार्मिक मान्यताअनुसार नमस्कार नम्रताको प्रतीक हो । नमस्कारले व्यक्ति-व्यक्तिबिचको सम्बन्ध सुमधुर बनाउनुको साथै राम्रो भावनाको विकास गर्दछ । मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : २३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४