नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ?  « Khabarhub

नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ? 


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

हामी जब आफू भन्दा ठूलो मान्छे भेट्छौँ तब  दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखी आँखा बन्द गरिन्छ र शिर झुकाएर नमस्कार गरिन्छ । आफ्ना आफन्त गुरु अतिथिहरूलाई पहिला नमस्कार गरेर कुरा सुरु गरिन्छ यो हाम्रो परम्परागत प्रचलन नै हो । मन्दिरमा जाँदा पनि नमस्कार गर्ने गरिन्छ । 

नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो । नमस्कार गर्नु हाम्रो संस्कार हो । यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ । नमस्कार यस कारण मन र स्वास्थ्यसँग जोडिन्छ कि हात जोडेर मान्छे रिसाउन, कराउन सक्दैन । नमस्कार विनम्रताको प्रतीक पनि हो जुन नमस्कारको अर्थमै  झल्केको छ । ‘म नमन गर्छु । म तपाईँको अगाडि सम्मानको साथ झुकिरहेको छु’ यस्तो अर्थ हो । 

नमस्कार गर्नुका वैज्ञानिक फाइदामा नमस्कार गर्नुलाई यौगिक क्रिया मानिन्छ । हात जोड्दा शरीरको रक्त सञ्चार प्रवाह हुन्छ । जसमा नमस्कार गर्दा हातका औँलाहरू आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञाचक्र सक्रिय भई जागरण बढ्छ । जस कारण मनमा शान्त र चित्तमा प्रसन्नता आउँछ । यसका अलावा हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको कारणले  शारीरिक व्यायाम हुन्छ, जसले पाचन प्रक्रियामा सहजता ल्याउँछ ।

धार्मिक मान्यताअनुसार नमस्कार नम्रताको प्रतीक हो । नमस्कारले व्यक्ति-व्यक्तिबिचको सम्बन्ध सुमधुर बनाउनुको साथै राम्रो भावनाको विकास गर्दछ । मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : २३ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको