नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ?  | Khabarhub Khabarhub

नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ? 


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

हामी जब आफू भन्दा ठूलो मान्छे भेट्छौँ तब  दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखी आँखा बन्द गरिन्छ र शिर झुकाएर नमस्कार गरिन्छ । आफ्ना आफन्त गुरु अतिथिहरूलाई पहिला नमस्कार गरेर कुरा सुरु गरिन्छ यो हाम्रो परम्परागत प्रचलन नै हो । मन्दिरमा जाँदा पनि नमस्कार गर्ने गरिन्छ । 

नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो । नमस्कार गर्नु हाम्रो संस्कार हो । यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ । नमस्कार यस कारण मन र स्वास्थ्यसँग जोडिन्छ कि हात जोडेर मान्छे रिसाउन, कराउन सक्दैन । नमस्कार विनम्रताको प्रतीक पनि हो जुन नमस्कारको अर्थमै  झल्केको छ । ‘म नमन गर्छु । म तपाईँको अगाडि सम्मानको साथ झुकिरहेको छु’ यस्तो अर्थ हो । 

नमस्कार गर्नुका वैज्ञानिक फाइदामा नमस्कार गर्नुलाई यौगिक क्रिया मानिन्छ । हात जोड्दा शरीरको रक्त सञ्चार प्रवाह हुन्छ । जसमा नमस्कार गर्दा हातका औँलाहरू आपसमा जोडिन्छन् । यसले हृदयचक्रआज्ञाचक्र सक्रिय भई जागरण बढ्छ । जस कारण मनमा शान्त र चित्तमा प्रसन्नता आउँछ । यसका अलावा हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको कारणले  शारीरिक व्यायाम हुन्छ, जसले पाचन प्रक्रियामा सहजता ल्याउँछ ।

धार्मिक मान्यताअनुसार नमस्कार नम्रताको प्रतीक हो । नमस्कारले व्यक्ति-व्यक्तिबिचको सम्बन्ध सुमधुर बनाउनुको साथै राम्रो भावनाको विकास गर्दछ । मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : २३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस