प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनगढी कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज देखि हुने भएको छ ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

 प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी जाने छन् भने उनी शुक्रबार साँझ  काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

 व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवर्द्धन तथा कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका