रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन « Khabarhub

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ ।

नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’

परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी भइरहे पनि रुसका तर्फबाट कुनै जवाफ नआएको परराष्ट्रका अधिकारीले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसका तर्फबाट लड्ने क्रममा युक्रेनी सेनाको आक्रमणमा परी ६ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखराका देवान राई, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, स्याङजाका पितक कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् ।

 

बीबीसीले मृतकका परिवारको हवाला दिँदै जनाए अनुसार शवहरु जमीनमा गाडिसकिएको हुन सक्ने भएकाले तत्काल उत्खनन गरेर फिर्ता पठाउन सहज छैन ।

मृतक देवान राईका पिता धनराज राईलाई उधृत गर्दै सरकारले चाँडो पहल गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

‘मेरो छोराको अनुहार हेर्न चाहन्छु, छोरो फिर्ता आएन भने सरकारसँग के आश गर्ने ?’ देवानका पिताको भनाइ छ ।

सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीहरुको तथ्यांक मागेको छ । साथै अबैध रुपमा भर्ना गरिएका नेपालीलाई तत्काल फिर्ता गर्न नेपालले रुसी सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : २२ बजे

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने