कोपा अमेरिका- २०२४ को ड्र सार्वजनिक « Khabarhub

कोपा अमेरिका- २०२४ को ड्र सार्वजनिक


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण अमेरिकी देशहरूबीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।

सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुँदै छन् । 

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलोम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिदै छन् ।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका छन् भने बाँकी दुई टिम प्लेअफ खेलेर छनौट हुने छन् । 

शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना पेरु र चिलीसहित समुह ए मा परेको छ । साथै प्लेअफबात आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिम यस समुहमा हुने छ । 

त्यस्तै समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् भने समूह सी मा आयोजक अमेरिकासहित उरुग्वे, पानामा र बोलिभिया रहेका छन् । त्यस्तै समूह डी मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् भने प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको छैटौं देश हुने छ ।

चार समुहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् । कोपा अमेरिकाको पहिलो खेल २०२४ को जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोनकाकाफ क्षेत्रको पाँचौं टिमबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुँदै  छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : २८ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको