मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो « Khabarhub

मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङमा सशस्त्र प्रहरी बलले सीमा स्तम्भहरुको मर्मतसम्भार, रङ्गरोगन र पुनर्स्थापना गर्ने कार्य सुरु गरेको छ ।

शुक्रबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नं १८ दामादिगीस्थित १७७ नम्बरको पिलर मर्मतसम्भार गरेर यसको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सीमा क्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठूलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले स्थानीयको सहयोग बेगर सीमा सुरक्षा सम्भव नभएको बताए । उनले देशको आन्तरिक सुरक्षालाई मजबुत बनाउन राज्यले सीमा सुरक्षा बलियो बनाउनुपर्ने जिकिर गरे ।

सशस्त्र प्रहरी बल ३ नं कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रङ्गरोगन गर्ने जिम्मा पाएको हो । मोरङको भारतसँग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठूला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मतसम्भार र रङ्गरोगन गरिसकेका छन् । मोरङको सीमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : ५४ बजे

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत