८४ सालअघि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा « Khabarhub

८४ सालअघि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ सालअघि नै नेपालमा राजसंस्था पुनर्स्थापना हुने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरङ्कुश नभइ सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनीसमेत अट्ने किसिमको हुने दाबी गरे ।

अहिलेको लुटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा राष्ट्रप्रमुखको विवाद सदाका लागि समाप्त हुने उनले बताए ।

अध्यक्ष थापाले ०६३ को राजनीतिक परिवर्तन असल मनशायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दू राज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे । उनले राप्रपासँगको एकताको तत्काल कुनै सम्भावना नरहेको जिकिर गरे ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : ३३ बजे

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै