८४ सालअघि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा « Khabarhub

८४ सालअघि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ सालअघि नै नेपालमा राजसंस्था पुनर्स्थापना हुने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरङ्कुश नभइ सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनीसमेत अट्ने किसिमको हुने दाबी गरे ।

अहिलेको लुटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा राष्ट्रप्रमुखको विवाद सदाका लागि समाप्त हुने उनले बताए ।

अध्यक्ष थापाले ०६३ को राजनीतिक परिवर्तन असल मनशायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दू राज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे । उनले राप्रपासँगको एकताको तत्काल कुनै सम्भावना नरहेको जिकिर गरे ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : ३३ बजे

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै

ढोरपाटन– यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न

बालेनले भने- आगामी दिनमा एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम