देशलाई एमालेको नेतृत्व चाहिएको छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

देशलाई एमालेको नेतृत्व चाहिएको छ : अध्यक्ष ओली


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत शुक्रबार पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे ।

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन–८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए । उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

अहिलेको सरकारमा हुनेहरूबाट देशको लागि कुनै काम हुन नसक्ने उनले प्रष्ट पारे । ओलीले गठबन्धन सरकारको ध्यान एमालेको विरोध गर्नेमा मात्रै रहेको र देशको विकासका लागि कुनै काम गर्ने ध्यान नरहेको आरोप लगाए ।

पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको उनले बताए । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको एमालेको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : ४० बजे

सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको सुधारमा ध्यान  दिएका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं– युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि

छोरालाई काखा, छोरीलाई पाखा किन ?

नेपाली समाजमा छोरीहरू प्रायः छोराको तुलनामा फरक दृष्टिकोणले हेरिन्छन्। छोरालाई

रौतहटमा एक हजार किलो सुपारी बरामद

रौतहट– पूर्व पश्चिम राजमार्गको रौतहट स्थित प्रहरीले एक यात्रुवाहक बसबाट

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं– गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट

सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ  : मन्त्री तामाङ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने