भारत र चीनसहित २० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी « Khabarhub

भारत र चीनसहित २० देशका नागरिकलाई बिना भिसा प्रवेश दिने इण्डोनेसियाको तयारी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इण्डोनेसियाले भारत र चीनलगायत २० देशका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोका अनुसार विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले इण्डोनेसिया सरकारले यस्तो नीति लागू गर्न लागेको हो ।

“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, उनोले राजधानी जकार्तामा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भने ।

यसो भएमा अमेरिका, चीन, अस्ट्रेलिया, भारत, दक्षिण कोरिया, जर्मनी, बेलायत, फ्रान्सलगायतका २० देशका पर्यटकलाई इण्डोनेसिया प्रवेश गर्न भिसा चाहिने छैन ।

आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जनाए । इण्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।

“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ’’ उनोले भने ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ३८ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन