आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’ « Khabarhub

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।

मूल्य अभिवृद्धि करका कारण बजारमा आलु प्याजको सहज आपूर्ति हुन नसकेको भन्ने समचारप्रति ध्यानाकर्षण भएको जनाउदै विभागले आलु, प्याज, स्याउलगायत उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ ।

विभागले जारी गरेको सुचना भनिएको छ, ‘आलु प्याजलगायत नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले बजारमा सहज आपूर्ति हुन नसकेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको छ । आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : २१ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा