पछिल्लो समय नेपालमा पनि युरो सर्जरीमाध्यमबाट उपचारको प्रयास हुँदैछ । विदेशमा प्राय मुत्रनलीसँग सम्बन्धित उपचार गर्नुपर्दा युरो सर्जरी गर्ने गरिन्छ । तर यो धेरै जोखिमपूर्ण भएकाले विशेषज्ञ डाक्टरले आधुनिक प्रविधिको प्रयोग गरेर गर्ने गर्छन् । युरो सर्जरी कस्तो कस्तो अवस्थामा गर्नु पर्छ र विदेश तथा नेपालको परिपाटीमा के फरक छ त ? यसै विषयमा आधारित भएर २० वर्ष विदेशमा युरो सर्जरी गरेको अनुभव लिएर नेपालमा सेवा सुरु गरेका युरो सर्जन डा. प्रतिकमानसिंह गुरुङसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
पछिल्लो समय नेपालमा पनि युरोमा धेरै समस्या आएको छ, यो आउने कारण के हो त ?
युरोलोजी स्वास्थ्य हेरचाहको एक भाग हो । जुन पुरुष र महिलाको मूत्र मार्ग (मिर्गौला, मूत्र नली, मूत्राशय र मूत्र मार्ग)को रोगहरूसँग सम्बन्धित छ । मैले विदेशमा २० वर्ष काम गरेँ, एमबिबिएस पनि बेलायतबाट गरे । यो युरोलोजी भनेको बहुमुखी विषय हो । किनभने स्टोन यन्ड्रो युरोलोजी जुन भिडियो क्यामेराहरूले गरिन्छ । पहिला चाहिँ ठुलो चिरफार गरेर गरिन्छ । नेपालको कुनै ठाउँहरूमा अहिले पनि प्रविधि र सामानको अभावका कारण चिरफार गरेर नै गरिन्छ । अर्को, मिर्गौलाको क्यान्सर, महिला पुरुष सबैमा हुने पिसाबको समस्याहरू यौन अङ्गहरूमा भएका समस्याहरू छन् । त्यसलाई विदेशमा ठाउँ हेरेर एकदमै आधुनिक रूपमा नै विकास भएका छन् । नेपालमा पनि बिस्तारै भइरहेका छन् । जस्तो ओम हस्पिटलमा लगायत अन्य कुनै कुनै अस्पतालमा यी टेक्नोलोजीहरू छन् ।
नेपालमा र बाहिर काम गर्दाका फरकहरू के के हुन् त ?
मुख्य कुरा भनेको टेक्नोलोजीको सामानहरूमा भर पर्दछन् । ती सामानहरू बिस्तारै आएका छन् । कतिपय त छैनन् । जस्तो रोबटिक सर्जरीको फियुलहरु छैनन् । पछिल्लो समय भारत चाइनामा हेर्ने हो भने रोबटिक सर्जरीको फ्युलहरु राम्रोसँग विकास भएका छन् । भारतमा झण्डै ८० वटा रोबटिक सर्जरी युनिटहरू आइसकेका छन्, चीनमा पनि छन् । नेपालमा पनि केही समयमा यो आउला जस्तो लाग्छ । यसले गर्दा ठुला ठुला सर्जरीहरू गर्न सजिलो हुन्छ ।
रोबटिक सर्जरीले कसरी काम गर्दछ त ?
रोबटिक सर्जरी भनेको एउटा ठुलो टेक्नोलोजी हो । त्यसमा कम्प्युटर डिभाइस सिस्टमहरू हुन्छ उन्नत प्रविधि वा राम्रो प्रविधि हो । सर्जरी सर्जनले गर्ने हो । तर त्यो सबै सर्जिकल टेक्निकहरू अप्लाइ गरेर एउटा रोबटिक युनिट बिरामीमा राखिन्छ । त्यसपछि त्यही कोठामा रोबटिक कन्सोल हुन्छ । त्यही कन्सोलमा बसेर सर्जनले मोमेन्टहरु गर्छ । त्यो मोमेन्ट बिरामी भित्र (ट्रान्जिलेट) हुन्छ । यसको फाइदा के छ भने यो एकदमै एडभान्स कम्प्युटर सिस्टम भएको कारणले मोमेन्टहरु एकदम सक्रिय हुन्छ । त्यसैले यसले गर्दा ठुलो ठुलो अप्रेसनहरूमा धेरै फाइदा हुन्छ । बिरामीहरूको रिकोभरी छिटो हुन्छ । यो २००० देखि नै युरोपमा प्रयोग गरिएको छ । यो युरोलोजिहरुमा मात्र हैन अन्य धेरै सर्जरीहरुमा यो प्रयोग भइरहेको छ ।
तपाईले नेपालमा आएर यसको लागि केही पहल गर्नु भएको छ त ?
हामीले यसको लागि योजना बनाइरहेका छौँ । तयारी गरिरहेका छौँ । किनभने त्यो महँगो र बिरामीलाई राम्रो गर्ने टेक्नोलोजी हो ।
यो नेपालमा आएपछि खर्च कति पर्न जान्छ ?
महँगो टेक्नोलोजी भएको कारणले गर्दा नेपालमा यो सबैलाई नहोला भन्न सकिँदैन ५ देखि ६ वटाको आवश्यकता छ ।
नेपालमा धेरै मानिसहरू बाहिर पढ्न गएर उतै बस्ने गर्छन् । तपाई चाहिँ किन नेपालमा आकर्षित हुनु भयो ?
मलाई पहिलादेखि नै नेपालमा आएर आफ्नो अनुभवहरू साट्छु भन्ने थियो । मेरो परिवार सबै जना नेपालमै हुनुहुन्छ । त्यसैले सबै अनुभव भए पछि आउँछु भनेर सबै भए पछि म यहाँ फर्केर आएर यो सेवा प्रदान गर्न लागेको हो ।
नेपालका दुर्गम ठाउँमा गएर कसरी सेवा दिने योजना बनाउनु भएको छ ?
हामीले ओम अस्पतालबाट सेवा प्रवाह गर्ने योजना छ। अहिलेको आवश्यकता भनेको रोबटीक सर्जरी हो । पैसाको कुरामा हाम्रो छिमेकी देश इन्डिया चाइना लगायतका अन्य देशले पनि प्रयोग गरेका छन् भने हामीले पनि बिस्तारै गर्न सक्छौँ । यसको प्रयोगले बिरामीलाई पनि सजिलो हुने,अस्पताल सधैँ धाइराख्नु पर्दैन । अरू समस्या पनि आउँदैनन् । अन्य समस्या आउँदा बारम्बार अस्पताल जाँदा पनि त खर्च लाग्छ त्यसैले यो निकै राम्रो मानिएको छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया