सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते « Khabarhub

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन्। राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन्।

दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ। सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन।

मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन्। तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ५२ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको