सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते « Khabarhub

सेनेगलमा बस ठोक्किँदा ३९ जनाको मृत्यु, सय बढी घाइते


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन्। राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन्।

दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ। सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन।

मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन्। तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ५२ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते