वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै « Khabarhub

वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिँदै


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– गत असोजको १९ देखि २३ गतेसम्म आएको अविरल वर्षा र बाढीले क्षति पुर्‍याएको कर्णाली राजमार्ग स्तरवृद्धि गरिने भएको छ । राजमार्ग स्तरवृद्धि नहुदाँ यहाँका नागरिकलाई सास्ती हुने गरेको छ । कर्णाली राजमार्गलाई थप स्तरवृद्धि गर्नका लागि काम भइरहेको  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । राजमार्गलाई पुरानै अवस्थामा ल्याउनका लागि दुई अर्बको योजना अघि सारेर विभागमा फाइल पेश गरिएको छ  । सो बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएमा केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पन्छाउन सहयोग पुग्ने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

यसका लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयले निर्णय गर्नुपर्ने छ । मुगुले निर्णय गरेर पठाइसकेको छ । जुम्ला र कालीकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । राजमार्गको लामो भागमा पहिरो पन्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडाराजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा रहेको छ । सेरिगाडमा एक हप्ताअघि ठुलो सुक्खा पहिरो खसेपछि जाली तथा ग्याबिन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

अवरुद्ध राजमार्गलाई थप स्तरवृद्धि गर्नेका लागि अहिले काम तीव्र गतिमा भइरहेको छ । पहिरोले कालोपत्रे गरिएका सडक पनि कच्चीमा परिणत भएको ठाउँमा सुधार गर्ने लागि परेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा बढी जुम्ला र कालीकोट खण्ड र त्यसपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ । हवाईमार्गबाट जान नसक्ने सर्वसाधारणका लागि यातायातको एकमात्र विकल्प कर्णाली राजमार्ग भएको यहाँका स्थानीयवासी बताउँछन् । राजमार्ग स्तरवृद्धि हुन अतिआवश्यक रहेको छ । 

जुम्लाको तिला गाउँपालिका– १ का स्थानीयवासी जयलाल बुढाले भने, ‘हाम्रो लागि राजमार्ग सबैभन्दा सहज पहुँच हो । अहिले राजमार्ग राम्रोसँग बिग्रेको छ । सुधारका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ’ । कर्णाली राजमार्ग दुई लाइन सडक खोल्नका लागि आवश्यक बजेट व्यवस्थापनका लागि यहाँका सांसददेखि राजनीतिक दलको महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीयवासी बुढाको भनाइ छ ।

राजमार्गको स्तरोन्नति हुन नसक्दा यात्रुले निकै गाह्रो हुने गरेको स्थानीयवासी उपराज रावतले बताए। सो बाढी पहिरोले कालीकोटको नाग्मदेखि मुगु गमगढी सडकलाई समेत क्षति गरेको छ । सुधारका लागि काम भइरहेको छ ।  जुम्ला, कालीकोट र मुगु जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर हेर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ३६ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते