सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि « Khabarhub

सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा एक सय ३७ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ । यही अवधिमा दुर्घटनाबाट ८२ गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् ।  गत आव २०७८-७९ मा ९५ दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको थियो । चालु आव २०७९-८० को पाँच महिनामा ३६ सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताए । 

‘मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो’, उनले भने । 

दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्रीले पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १२ : ३० बजे

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट