सुगर मिल अन्यत्रै सरेपछि उखु किसान मारमा  « Khabarhub

सुगर मिल अन्यत्रै सरेपछि उखु किसान मारमा 


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर उद्योगले पाएका छन् । सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन् । 

उखु बेच्ने यो समयमा सरकारले समर्थन मूल्यसमेत तोक्न सकेको छैन । सरकारले मूल्य तोक्न नसक्दा किसानलाई उखु बेच्न झनै समस्या भएको छ । सरकारले उखुको मूल्य तोक्न नसकेको र सख्खर उद्योगले मनपरी मूल्य लिइरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । जिल्लामा रहेका ७५ सख्खर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको सङ्घका अध्यक्ष चौधरीले बताए । 

‘उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेका छन्’, उनले भने, ‘किसानको गुनासो सुन्ने निकाय कहाँ छ रु सुगर मिल नहुनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था सिर्जना भएको छ ।’ सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल रु सात सय पाँच तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरीले बताए ।

‘उखुको मूल्य निर्धारणका लागि कृषि मन्त्रालय पुगेका थियौँ, सरकारले यो विषयमा कुनै निर्णय दिएन’, उनले भने । जिल्लाका उखु किसानले साढे तीन सयदेखि चार सय पचाससम्ममा बिक्री गर्दै आएका हुन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले प्रति क्वीन्टल चार सय नब्बेमा उखु खरिद गरिरहेको छ ।

उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सख्खर उद्योगमा भेलि बनाउन दिएका छन् भने कतिपय आफैले सख्खर उद्योग स्थापना गरी भेलि बनाउन थालेका छन् । सरकारले मूल्य नतोक्दा उखु बेच्न समस्या भएको किसान रामप्रकाश चौधरीले बताए। 

उनले भने , ‘पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो, अहिले उखु बिक्री नै हुँदैन कि  भन्ने डरले जति पैसा दिए पनि सख्खर मिललाई दिन बाध्य छौँ ।’ जिल्लाको पश्चिम-दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेको र अधिकांश किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगञ्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यावसायिक उखु खेती गरिन्छ । करोडौँको करोबार गर्ने सख्खर उद्योग स्थानीय तहमा दर्ता छैनन् । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका सख्खर उद्योग स्थानीय तहको कार्यालयमा दर्ता नभएको पाइएको छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेको उद्योगलाई व्यवस्थापन गर्ने जिम्मा भए पनि शिवराज नगरपालिकामा रहेका सख्खर उद्योगको सङ्ख्यासमेत नगरपालिकालाई जानकारी छैन । ‘नगरभित्र कति उद्योग दर्ता भएका छन् हेर्नुपर्ने हुन्छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले भने’, ‘अहिले एकीन तथ्यांक भन्न सकिँदैन ।’

विजयनगर गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै उद्योगलाई दर्ताको लागि पत्र पठाइसकेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । यस्तै जिल्लाका अन्य स्थानीय तहमासमेत सख्खर उद्योग दर्ता नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले उखु किसानले कम मूल्यमा खरिद गरेका सख्खर उद्योगका बारेमा जानकारी दिए कारबाही गर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सरकारले तोकेअनुसार कुनै पनि उद्योगले उखुको मूल्य किसानलाई दिनुपर्ने बताए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १ : ३९ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन