गण्डकी : एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने | Khabarhub Khabarhub

गण्डकी : एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् । 

केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए । 

उनले अहिलेको आवश्यकता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकैठाउँमा रहनुपर्ने पनि बताए । ‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन । यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ ।

हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ३७ बजे

१४ सय २० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

काभ्रे– काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २०

जंगली च्याउ खाँदा पाँच जना बिरामी

तनहुँ– तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्

अस्थिर पाकिस्तानको ओरालो क्रिकेट यात्रा

इमरान खान नेतृत्वको पाकिस्तान संसारका लागि एउटा आकर्षण थियो। इन्जमाम

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले

संसदीय प्रणालीमा तेस्रो दलको नेतृत्व कति नैतिक ?

काठमाडौं – राजनीति भनेको गणितीय जोड–घटाउमात्रै होइन । यसभित्र लोकतान्त्रिक