पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा « Khabarhub

पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू मन्त्री पदमा नरहे पनि पर्यटन क्षेत्रको विकासमा सक्रिय रहने बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको बिदाइ कार्यक्रममा उनले मन्त्रालयको जिम्मेवारीमा रहेको १७ महिने कार्यावधिमा पर्यटन व्यवसायीबाट धेरै कुरा आफूले सिकेको जनाउँदै धार्मिक पर्यटनलाई समेत ध्यान दिन आवश्यक भएको बताए । 

नेपालमा आउने अधिकांश भारतीय पर्यटक धार्मिक आस्थाका रुपमा आउने भएकाले पनि हामीले धार्मिक पर्यटनको विकास गर्न जरुरी रहेकामा उनले जोड दिए । निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र सरकार सफल हुने जनाउँदै कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी भएको बताए ।

पोखरा क्षेत्रीय विमानस्थललाई सफल सञ्चालनका निम्ति गण्डकीवासीको योगदान महत्वपूर्ण हुने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक काशीराज भण्डारीले पोखरा क्षेत्रीय विमानस्थललाई अन्य विमानस्थलसँग जोड्न सके सफल भइने बताए। भारत र चीनबाट मात्र पर्यटक ल्याउन सके पनि यहाँको पर्यटन उद्योग माथि उठ्ने उनको भनाइ थियो । 

पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले भ्रष्टाचारकै कारण देशको विकास हुन नसकेको बताए । सरकारले  ल्याएका कार्यक्रमलाई सरकारकै कर्मचारीले अवरोध सिर्जना गर्ने गरेको गुनासोसमेत भट्टराईको छ । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ३ : १० बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते