पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा | Khabarhub Khabarhub

पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू मन्त्री पदमा नरहे पनि पर्यटन क्षेत्रको विकासमा सक्रिय रहने बताएका छन् । पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको बिदाइ कार्यक्रममा उनले मन्त्रालयको जिम्मेवारीमा रहेको १७ महिने कार्यावधिमा पर्यटन व्यवसायीबाट धेरै कुरा आफूले सिकेको जनाउँदै धार्मिक पर्यटनलाई समेत ध्यान दिन आवश्यक भएको बताए । 

नेपालमा आउने अधिकांश भारतीय पर्यटक धार्मिक आस्थाका रुपमा आउने भएकाले पनि हामीले धार्मिक पर्यटनको विकास गर्न जरुरी रहेकामा उनले जोड दिए । निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र सरकार सफल हुने जनाउँदै कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी भएको बताए ।

पोखरा क्षेत्रीय विमानस्थललाई सफल सञ्चालनका निम्ति गण्डकीवासीको योगदान महत्वपूर्ण हुने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक काशीराज भण्डारीले पोखरा क्षेत्रीय विमानस्थललाई अन्य विमानस्थलसँग जोड्न सके सफल भइने बताए। भारत र चीनबाट मात्र पर्यटक ल्याउन सके पनि यहाँको पर्यटन उद्योग माथि उठ्ने उनको भनाइ थियो । 

पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले भ्रष्टाचारकै कारण देशको विकास हुन नसकेको बताए । सरकारले  ल्याएका कार्यक्रमलाई सरकारकै कर्मचारीले अवरोध सिर्जना गर्ने गरेको गुनासोसमेत भट्टराईको छ । 

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ३ : १० बजे

ब्याट्री कारखानामा छापा, तीन सय कोरियाली नागरिक पक्राउ

जर्जिया – अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक