सरकार स्थिर र स्थायी : ओली « Khabarhub

सरकार स्थिर र स्थायी : ओली


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताए ।

सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री दाहाललाई आज सिंहदरबारमा बुझाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि सरकारले पूर्णता पाउने बताए ।

“भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ”, उनले भने, “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछौँ ।”

विश्वासको मत प्रधानमन्त्रीले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने उनको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताका आशा भरोसालाई राखेर अहिलेको सरकार बनेको बताए ।

अहिलेको सरकार कसैले ढाल्न नसक्ने उनको भनाइ थियो । “यो सरकार स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेलका लागि होइन । सरकार प्रभावकारीरूपमा चल्छ,” उनले भने, “यो सरकार स्थिर र स्थायी सरकार हो । यो गतिशील स्थायी सरकार हो । त्यस ढङ्गले सरकार चल्नेछ ।”

एमाले सरकार घटकको ठूलो दलको हैसियतले आफ्नो पार्टीको सरकारलाई साथ सहयोग रहनेसमेत अध्यक्ष ओलीले बताए । उनले कतिपय मतभेद भए पनि राजनीतिक दलबीच आधारभूत रूपमा सँगै जान सक्ने वातावरण रहेकाले त्यसलाई अगाडि बढाउनुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ५० बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर