सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या: अन्तर्राष्ट्रिय सहायता नभएको गुनासो | Khabarhub Khabarhub

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या: अन्तर्राष्ट्रिय सहायता नभएको गुनासो

मृतकको संख्या ११ हजार ६०५ पुग्यो


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्पमा परेर पुरिएकाहरूको उद्धारमा कठिनाइ भएको सिरियाली अधिकारीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय उद्धारकर्ताको ध्यान टर्कीमा केन्द्रित भएपछि सिरियाली अधिकारीको यस्तो भनाइ आएको हो।

सिरियाको लागि विश्वव्यापी सहयोग निस्क्रिय देखिएको उनीहरूले बताएको अलजजिराले खबर लेखेको छ।

विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावित टर्की र सिरियामा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको छ। अहिलेसम्म भूकम्पका कारण टर्कीमा नौ हजार ५७ र सिरियामा दुई हजार ५३० गरेर अहिलेसम्म ११ हजार ६०५ जनाको मृत्यु भइसकेको छ।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तायप इर्दोगानले पूर्व तयारी असम्भव रहेकाले पनि ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। उद्धारको काममा निकै ढिलाई भएको गुनासो बढेपछि उनले यस्तो बताएका हुन्।

उद्धारमा ढिलाई हुँदा पनि कतिपयको मृत्यु भएको स्वीकार गर्दै उनले अहिले स्थिति नियन्त्रण उन्मुख रहेको बताएका छन्।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : ०४ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा