बहराइनमा श्रमिक समस्याबारे सचेतना   | Khabarhub Khabarhub

बहराइनमा श्रमिक समस्याबारे सचेतना  



दोहा – बहराइनमा श्रमिक समस्या तथा सचेतनासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले कामको सिलसिलामा भोग्नु परेका समस्या तथा समस्याको सम्बोधनका निम्ति चाल्न सकिने कदम र स्थानीय नियम कानुनको पालना लगायतका विषयमा एक अन्तर्क्रिया कार्यक्रम गरिएको छ।

कार्यक्रममा विभिन्न समस्या र श्रमिक अधिकारका विषयमा कानुनी ज्ञान र समस्या सम्बोधनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाका बारेमा विभिन्न माध्यमबाट सोधिएका प्रश्नहरू र जिज्ञासाहरू खास गरी समयमा तलब नपाउने लगायतका विषयमा छलफल भएको दूतावासले जनाएको छ।

यस्तै, करार समाप्त भएपछि पनि नेपाल फर्कने टिकट र सर्भिस बेनिफिट नपाउने, न्यून तलबमा काम गर्नुपर्ने, स्वास्थ्योपचारको खर्च तलबबाट कटाइदिने जस्ता समस्याका साथै स्थानीय कानुन पालना, कन्सुलर कागज प्रमाणीकरण, क्षतिपूर्ति दाबी, विद्युतीय राहदानी फाराम भर्न परेका कठिनाइ, न्यूनतम तलबको मापदण्ड तोकिनुपर्ने, सीधा उडान सेवाका लागि पहल हुनुपर्ने लगायतका विषयहरूमा केन्द्रित रही छलफल तथा परामर्श भएको थियो।

सो कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्ले तथा दूतावासका पदाधिकारीहरू एवम् कार्यक्रममा आमन्त्रित विशिष्ट अतिथि बहराइनको श्रम तथा आप्रवासन कानुनविद् डा. अव्दुल गादिर वार्सामाले जानकारी गराएका थिए। उनले यस किसिमका अन्तर्क्रिया समय समयमा राखिनुपर्ने सुझाव पनि दिएका थिए।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ०५ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा