विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण « Khabarhub

विराटनगरमा आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरले प्रदेश नं १ सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमालाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गुणस्तरीय र नियमित सेवा दिनलाई कर्मचारीलाई निर्देशन दिए ।

नागरिक स्वस्थ भएमात्रै समाजको चौतर्फी विकास हुने भन्दै प्रमुख कोइरालाले भने, “महानगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको छ, अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छ ।”

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताए । महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय र महत्व, न्यून मातृशिशु पोषणका असर, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त गर्भाधानको समय तथा गर्भान्तरको महत्व, प्रि–कन्सेप्स्सनल फोलिक एसिड र पोस्ट फोलिकको महत्वबारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए। महानगरले १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १० : ३८ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने