बाँके निकुञ्जमा थालियो घडीयाल गोहीको संरक्षण « Khabarhub

बाँके निकुञ्जमा थालियो घडीयाल गोहीको संरक्षण


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँके राष्ट्रिय निकुञ्जले स‌ंकटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ।

निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न र प्राकृतिक जीवनचक्रलाई खलबलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका हो।

संरक्षण अभियानअन्तर्गत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका-१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा ती घडियाल गोही छाडिएको छ। जलचर विज्ञले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए। त्यसैका आधारमा बाँके निकुञ्जले गोही संरक्षणको प्रयास थालेको हो।

अभियानअन्तर्गत पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुई भाले र आठ पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको छ। बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बाँसखोलीस्थित राप्ती नदीमा छाडिएको छ।

घडियाल गोही सुरुमा चितवनबाट बर्दिया ल्याइएको थियो। राप्ती नदीमा गोहीको सङ्ख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जले जनाएको छ।

राप्ती नदीको पानीमा प्रदूषण न्यून रहेको र स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको गोहीको मुख्य आहारा माछा हो। राप्ती नदीमा दुवै उपलब्ध रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए। उनले गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गरिने उल्लेख गरे।

निकुञ्जका प्रमुख साहले संकटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने संकल्प गरेको बताए। गोही दुई प्रजातिको हुने जानकारी दिँदै उनले घडियाल गोही शान्त स्वभावको हुने उल्लेख गरे। ‘मगर प्रजातिको गोहीभन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र बस्न रुचाउँछ,’ उनले भने।

संरक्षित सूचीमा रहेको घडियाल गोहीको सिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए।

नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ। बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ। जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको निकुञ्जले जनाएको छ।

बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब २५० वटा घडियाल गोही संरक्षण गरिएको बताइएको छ। बाँकेमा बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिब आठ वर्षसम्म हुर्काइएका वयस्क घडियाल गोही बाँके ल्याइएको थियो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १२ : ०० बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने