डडेल्धुराका अवस्थीको शंकास्पद मृत्यु | Khabarhub Khabarhub

डडेल्धुराका अवस्थीको शंकास्पद मृत्यु


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पाटन नगरपालिका–६ स्थित जवरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्‍यो। शव भेटिएपछि लडेर मृत्यु भएको हुनसक्ने आंकलन गरिएको थियो। मृतक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन्।

मृतकको खल्तीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटिएकाले घटना शंकास्पद देखिन्छ। चेक २३ गतेका लागि काटिएको खुलेको छ भने निवेदनमा उल्लेख भएको कुराबारे प्रहरीले केही बताएको छैन।

शव फेला परेको एक हप्ता हुन लागेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। मृतकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ। अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

उनले भने, ‘मृतक पाटन पुगेको दिनदेखि उनको सम्पर्कमा आएका सबैसँग सोधपुछ गरिरहेका छौँ, उनको साथमा भेटिएका केही तथ्य र प्रमाणबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको छ।’ पोष्टमार्टम रिर्पोट प्राप्त भएको र रिर्पोटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए।

मृतक पाटनस्थित एक होटलमा काम गरेका व्यक्ति हुन्। मृतकका आफन्तका अनुसार उनी १७ माघमा नै आफूले काम गरेको होटलबाट पारिश्रमिक लिन भनी बैतडी आएका थिए। घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ। पदमको लडेर मृत्यु भएको नभई कसैले हत्या गरेर फालेको आफन्तको दावी छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १२ : २८ बजे

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।