टर्की-सिरिया भूकम्प : मृतकको सङ्ख्या १५ हजार नाघ्यो « Khabarhub

टर्की-सिरिया भूकम्प : मृतकको सङ्ख्या १५ हजार नाघ्यो


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।

बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुबै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।

दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।

बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट १२ हजार तीन सय ९१ जनाको ज्यान गएको छ ।

त्यस भूकम्पबाट टर्कीमा धेरै जनाको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।

यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्‍याइएको छ । केही मानिसहरुको अस्पतालमा नै निधन भएका समाचारहरु आइरहेका छन् ।

उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १ : २४ बजे

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा